बिहिबार, ०८ माघ २०८२

आजबाट नेपाली कांग्रेसकाे विषेश महाधिवेशन


काठमाडौँ । नेपाली कांग्रेसकाे विशेष महाधिवेशन आजदेखि काठमाडौँ हुँदैछ । काठमाडौँको भृकुटीमण्डपमा दिउँसो १ बजे विशेष महाधिवेशनको उद्घाटन हुने बताइएको छ । भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउने गरी मञ्च निर्माण भएको छ ।

महाधिवेशनस्थलमा छ हजारभन्दा बढी कुर्सीको व्यवस्थापन मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले बताए ।

मुलुकभरबाट विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिमध्ये अधिकांश प्रतिनिधि आइसकेको र केही प्रतिनिधि आउने क्रम जारी रहेको आयोजक समितिले जनाएको छ । आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार काठमाडौँका विभिन्न स्थानमा तीन हजार ६ सय प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको छ । साथै थप दुई–दुई सय प्रतिनिधिका लागि तत्काल व्यवस्थापन हुनेगरी प्रबन्ध मिलाइएको उनले जानकारी दिए ।

महाधिवेशन प्रतिनिधिको नाम दर्ता बिहान ८ बजेदेखि शुरु हुने बताइएको छ । दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालय संयोजक मनोजमणि आचार्यका अनुसार कार्यक्रमस्थल भृकुटीमण्डप मूल गेट सँगैका स्टलहरूबाट नाम दर्ता हुनेछ । उनले नाम दर्ता गर्न आउँदा परिचय खुल्ने कुनै कागजात, एकप्रति पासपोर्ट साइजको फोटो र दर्ता शुल्क एक हजार रुपैयाँ साथमा लिई आउन अनुरोध गरेका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ