- असार ०६, २०८०
फाइल तस्बिर
काठमाडौँ। नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार आयोगमा पुगेर राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गराएका हुन्।
शनिबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन प्रयोजनका लागि पार्टी दर्ता गर्ने निर्णय गरेकाे थियाे।
राष्ट्रियसभा सदस्य निर्वाचन आगामी माघ ११ र प्रतिनिधिसभा सदस्य निर्वाचन फागुन २१ गते दिन हुँदैछ। उक्त निर्वाचन प्रयोजनका लागि हाल आयोगमा धमाधम दल दर्ता प्रक्रिया चलिरहेकाे छ।
टिप्पणीहरू: