बिहिबार, १५ माघ २०८२

गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसकाे निर्णय


काठमाडाैँ। नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेकाे छ।

शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए।

उपसभापति शर्माले आगामी फागुन २१ मा हुने आमनिर्वाचनमा काँग्रेस अबको प्रधानमन्त्री प्रस्तावित गरेर मैदानमा जान लागेको बताए।

‘केन्द्रीय समितिको बैठकबाट सभापति गगन थापालाई अबको प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्ने संस्थागत निर्णय गरेका छौँ’, उनले भने।

कांग्रेसले परिवर्तित समयलाई सम्बोधन गर्दै जनताको चाहना र भावनाअनुरूप निर्वाचनमा होमिने निर्णय गरेको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ