बिहिबार, ०४ वैशाख २०८२

डोमिनिकन रिपब्लिकमा नाइट क्लबको छत भत्किँदा करिब १०० को मृत्यु


सान्ताे डाेमिङ्गाे ।  डोमेनिकन रिपब्लिकनमा गायक रुबी पेरेजको जेट सेट नाइटक्लबमा भएको कन्सर्टको समयमा उक्त क्लबको छत भत्किँदा करिब एक सय जनाको मृत्यु भएको तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।   

प्रख्यात डोमिनिकन मेरेन्गु गायक पेरेजले मञ्चमा गाइरहेको अवस्थामा मङ्गलबार मध्यरातमा छत भत्किँदा मृत्यु हुनेमा उनका प्रबन्धकसमेत रहेको जनाइएको छ ।  

मृतकमध्ये ५१ वर्षीय सेवानिवृत्त मेजर लिग बेसबल पिचर अक्टाभियो डोटेल पनि रहेको जनाइएको छ । उनले सन् २०११ मा सेन्ट लुइस कार्डिनल्ससँग विश्व शृङ्खला जितेकी थिइन् ।

स्थानीय मिडियाका अनुसार दुर्घटना हुँदा क्लबमा पाँच सयदेखि एक हजार मानिस थिए । 

पेरेजकी छोरी जुलिन्काले छाना भत्किएपछि भाग्न सफल भएको पत्रकारलाई बताइन्।   

राष्ट्रपति लुइस अबिनाडरकाले घटनास्थलको भ्रमण गरी तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् ।  उनका अनुसार मृतकमा मोन्टे क्रिस्टी नगरपालिकाको गभर्नर नेलसी क्रुज पनि थिए ।

बुधबार बिहानसम्म मृतकको प्रारम्भिक सङ्ख्या ९८ पुगेको आपत्कालीन सञ्चालन केन्द्रका निर्देशक जुआन म्यानुएल मेन्डेजले बताए । 


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ