- असार ०६, २०८०
काठमाडाैँ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका छन्।
नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा माघ ४ गते बिहान ११ बजे संघीय संसद सचिवालय, सिंहदरबारमा बस्ने गरी राष्ट्रपतिले राष्ट्रियसभा अधिवेशन आह्वान गरेका हुन्।
साेमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ४ गते राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न राष्ट्रिपतिसमक्ष सिफारिस गरेको थियाे। सोहीअनुसार, अधिवेशन आह्वान गरेको राष्ट्रपतिकाे सचिवालयले जनाएकाे छ।

टिप्पणीहरू: