सोमबार, ०२ चैत २०८२

राष्ट्रियसभा निर्वाचनः कर्णालीमा १ सय ९१ मत खस्यो


कर्णाली। राष्ट्रियसभा सदस्यको निर्वाचनमा कर्णाली प्रदेशमा १९१ जनाले मतदान गरेका छन्।

कर्णाली प्रदेशसभाका ४० सदस्यमध्ये ३९ जना, ७९ स्थानीय तहका १५८ जनप्रतिनिधिमध्ये १५२ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी नन्दराम चौलागाईंले जानकारी दिए।

उक्त निर्वाचनमा चार जनाले मनोनयन दर्ता गराएका थिए। केहीबेरमा मतगणना थालिने उनले बताए। अन्य क्लस्टरबाट नेपाली कांग्रेसका ललितजङ्ग शाही र नेपाली कम्युनिष्ट पार्टीका बुद्धिप्रसाद शर्मा तथा महिला क्लस्टरबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) की मीनासिंह रखाल र नेपाली कम्युनिष्ट पार्टीकी अञ्जु महताराले उम्मेदवारी दिएका थिए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ