सोमबार, ०८ पुस २०८१

नेप्सेमा झिनो अङ्कको गिरावट


काठमाडौँ, २१ कात्तिक । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ८८ अङ्कले ओरालो लागेर दुई हजार छ सय ७५ दशमलव ५१ विन्दुमा आएको छ ।

आजको कारोबारमा सेन्सेटिभ परिसूचक शून्य दशमलव ८१ अङ्कले घटेर चार सय ७७ दशमलव १८ मा सीमित भएको छ । त्यस्तै, कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक उकालो लाग्दा आठ उपसमूहको ओरालो लागेको छ । कुल एक करोड १६ लाख आठ सय ६९ कित्ता शेयर रु पाँच अर्ब २२ करोड २४ लाख ८६ हजार आठ सय ५१ मा कारोबार भएको छ ।

नेप्सेका अनुसार नारायणी डेभलपमेन्ट बैङ्कको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, बलेफी हाइड्रोपावर नौ दशमलव ९८, पिपुल्स हाइड्रोपावर कम्पनीको नौ दशमलव १२, समृद्धि फाइनान्स कम्पनीको आठ दशमलव ७९ र राप्ती हाइड्रोका लगानीकर्ताले सात दशमलव ८० प्रतिशतले कमाएका छन् ।

आजको कारोबारमा नेपाल फाइनान्स आठ दशमलव २६ प्रतिशतले, कुथेली बुथेली हाइड्रोपावर आठ दशमलव २३, समाज लघुवित्त वित्तीय संस्था छ दशमवल २१, युनाइटेड मोदी हाइड्रोपावर चार दशमवल शून्य तीन र सुपर मादी हाइड्रोपावरको शेयर मूल्य तीन दशमलव ५७ प्रतिशतले घटेको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ