- असार ०६, २०८०
काठमाण्डाै, ३० कार्तिक । नेपालमा उत्पादित विद्युत् बंगलादेशतर्फ निर्यात सुरु भएको छ। नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का, भारतका विद्युत् मन्त्री मनोहर लाल र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कबिर खानले भर्चुअल विधिमार्फत संयुक्त रूपमा स्विच अन गरी विद्युत् निर्यातको शुभारम्भ गरेका छन्।
नेपालकाे विद्युत तेस्राे मुलुकमा निर्यात भएकाे याे पहिलाे पटक हाे । यसअघि भारतमा मात्रै बिक्री हुँदै आएकाे थियाे ।
नेपालमा उत्पादित विद्युत भारत हुँदै बंगलादेशसम्म पुगेको छ। नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेसनमा विद्युत् पुग्नेछ। त्यसपछि मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रसारण लाइनमार्फत भारत–बंगलादेशबीचको बहरामपुर (भारत)–भेरमारा (बंगलादेश) ४०० केभी प्रसारण लाइनमार्फत बंगलादेश विद्युत् पुग्नेछ।
नेपालबाट भारत हुँदै बंगलादेशतर्फ विद्युत् निर्यात मध्यान्ह साढे १२ बजेबाट सुरु भएको हो। यस वर्ष (सन् २०२४)को वर्षायाममा विद्युत् निर्यात शुत्रबार राति १२ बजेसम्म मात्र हुनेछ। त्यसपछि आगामी वर्ष सन् २०२५को जुन १५बाट बंगलादेशतर्फ पुनः विद्युत् निर्यात सुरु हुनेछ।
नेपाल विद्युत प्राधिकरणले वर्षायामको ६ महिना अर्थात हरेक वर्षको जुन १५– नोभेम्बर १५सम्म पाँच वर्ष ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्नेछ। नेपाल–बंगलादेशबीच विद्युत् व्यापार डलरमा हुनेछ। प्राधिकरणले बंगलादेश विद्युत बिक्री गरी प्रति युनिट ६.४० अमेरिकी सेन्ट (शुक्रबारको विदेशी मुद्रा विनियम दर अनुसार ८ रुपैयाँ ६२ पैसा) पाउनेछ। नेपालले विद्युत् बिक्रीबाट पहिलोपल्ट डलरमा आम्दानी गर्न लागेको हो। भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँमा हुँदै आएको छ।
प्राधिकरणले शुक्रबार साढे ११ घण्टा बंगलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात २८ हजार १६० डलर (३७ लाख ९३ हजार ४३३ रुपैयाँ) पाउने छ।
टिप्पणीहरू: