- असार ०६, २०८०
काठमाडौँ। माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका डा. निकोलस भुसाल, सञ्जिव दाहालसहित १५ जनाभन्दा बढी पक्राउ परेका छन्।
अहिलेकाे अवस्थामा प्रदर्शन गर्दा हिंसा भड्किन सक्ने भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेकाे हाे।
पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर क्षेत्रमा कसैलाई पनि प्रदर्शनका लागि अनुमति दिएको छैन। उक्त अवस्थामा उनीहरू प्रदर्शन गर्न भन्दै माइतीघर पुगेपछि पक्राउ गरिएको प्रहरीले जनाएकाे छ।
अहिले प्रहरीले माइतीघर र नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएकाे छ।
टिप्पणीहरू: