- असार ०६, २०८०
काठमाडौँ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको दोस्रो बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघिदेखि बैठक जारी छ ।
प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाह संयाेजक रहेकाे बैठकमा रास्वपाका मोहन आचार्य, एमालेबाट संविधान सभा सदस्य डा. भीष्मनाथ अधिकारी, नेपाल कम्युनिस्ट पार्टीबाटका संविधान सभाका सदस्य एवम् पूर्वकानूनमन्त्री देवप्रसाद गुरुङ, श्रम संस्कृति पार्टीका महासचिव आरेन राईलगायत सहभागी छन्।
कार्यदलले संविधान संशोधन प्रक्रिया राष्ट्रिय सहमति, सहभागिता र तथ्यमा आधारित गर्नेबारे समझदारी जुटाउनेछ । संविधान संशोधन गर्नको लागि दलहरूले अहिले सुझावका लागि आआफ्नो दलबाट धारणा अघि सारिरहेका छन्।
टिप्पणीहरू: