- असार ०६, २०८०
काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले बिहीबार साँझ नयाँ सुचना जारी गर्यो ‘प्रधानमन्त्रीसँग टिकटकरहरुको भेट : पुनः सञ्चालनप्रति प्रशन्नता’ शीर्षकमा । टिकटकरहरु मिस पवि र अंशु वर्मासंग प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार दिउसो प्रधानमन्त्री निवास वालुवाटरमा भेटघाट गरेका थिए । सोही भेटघाटपछिको सन्देस सचिवालयले प्रवाह गरेको थियो ।
प्रधानमन्त्रीसंग भएको भेटमा पवि र वर्माले सरकारले टिकटक पुनः सञ्चालन गरिदिएकाले निर्वाध प्रयोग गरी लाभ लिन सकिएको धारणा राखे । साथै भविष्यमा अघिल्लो सरकारले जस्तै यसलाई बन्द गर्ने खालको कुनै निर्णय नगरी व्यवस्थितरूपमा सञ्चालन गर्न उनीहरुले सुझाव समेत दिएको प्रधामन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले पहिलेको सरकारले बन्द गरेजस्तो आदेशका भरमा आफूहरु सामाजिक सञ्जाल बन्द नगर्ने स्पष्ट गर्दै सार्वभौम संसद्ले बनाउने कानुनबमोजिम सञ्जाललाई व्यवस्थित गर्ने विश्वास दिलाएको सचिवालयले जनाएको छ ।
अघिल्लो सरकारले २०८० कात्तिक २७ गते टिकटक सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो भने वर्तमान सरकारले गत भदौ ६ गतेको मन्त्रिपरिषद्को निर्णयबाट नेपाली कानुनको पालनाको शर्तसहित टिकटकमाथिको प्रतिबन्ध फुकुवा गराएको थियो ।
युवा पुस्तामा लोकप्रिय बन्दै गएको सामाजिक सञ्जाल प्लेटफर्म टिकटक बैधानिक रुपमा सञ्चालन गरेर सरकारले एउटा सकारात्मक पहल गरेकै हो । यस कामका लागि सरकारलाई जस दिनु पनि पर्छ । तर, टिकटक सञ्चालनको जस लिन खोजिरहेका प्रधानन्त्री ओलीले सामाजिक सञ्जाल नियमनसम्बन्धी अध्यादेश जारी गरेर स्वतन्त्र प्रेशमाथी अंकुश लगाउने एउटा गलत कदमको सुरुवात गरेका छन् । जुन विषयको सर्वत्र आलोचना भइरहेको छ । बिहीबार प्रतिनिधी सभामा बिहीबार सोही विषयमा कुरा पनि उठ्यो । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोही विषयलाई जोडदार रुपमा उठाए । बिहीबार संसदमा प्रचण्ड बोल्दैछन् भन्ने जानकारी प्रधानमन्त्री ओलीलाई पहिल्यै थियो । शायद प्रचण्डले सामाजिक सञ्जाल नियमन सम्बन्धी कुरा उठाउछन् भनेर नै प्रधानमन्त्री ओली संसद गएनन् र मिस पवीसंग गफिएर बसे । प्रधानमन्त्री ओलीले यो पनि बिर्से लोकतान्त्रि मुलुकमा प्रमुख प्रतिपक्षी दलका नेताले बोल्ने बेलामा प्रधामन्त्री उपस्थित भएर कुरा सुन्ने परम्परा छ । तर, प्रधानमन्त्री ओलीलाई प्रचण्डको कुरा भन्दा मिस पविसंगको गफगाफ बढी महत्वपूर्ण लाग्यो र संसद गएनन् ।
प्रधानमन्त्री ओलीले गरेको काम कुराप्रति प्रचण्डले असहमति जनाउनुलाई पनि त्यति धेरै आश्चर्य नमान्दा हुन्छ । सरकारले गरेका खराब कामको आलोचना गर्नु प्रतिपक्षी पार्टीहरुको कर्तव्य नै हो । त्यसकारण विहीबारको प्रचण्डको धुवादार भाषण केबल कर्तव्य निर्वाह मात्रै हो । तर, सामाजिक सञ्जाल नियमन गर्ने ओली कदमको जुन तहमा आलोचना भइरहेको छ । मिस पविको धन्यवादले थेग्न सक्छन् भन्ने लाग्दैन । मिस पविको वालुवाटार आउने सेड्युल बिहीबार बाहेकको दिन परेको भए प्रधामन्त्री ओली प्रचण्डको भाषण सुन्न जाने पो थिए कि ?
टिप्पणीहरू: