शुक्रबार, २९ चैत २०८१

माओवादीले झापाबाट अभियान थाल्ने, स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला काठमाडौँमा गर्ने


काठमाडौँ । नेकपा माओवादी केन्द्रले फागुन १२ गतेदेखि जनतासँग माओवादी अभियान चलाउने भएको छ ।

सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले झापाको कचनकवचबाट अभियान सुरु गर्ने निर्णय गरेको उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए।

उनका अनुसार हुलाकी राजमार्गमा आधारित भएर यो अभियान चल्नेछ।

यसैगरी बैठकले पार्टीबाट जितेका स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते काठमाडौंमा गर्ने निर्णय भएकाे प्रवक्ता सापकोटाले बताए।

‘हामीले नेतृत्व गरेकाे १२३ स्थानीय तहका प्रमुख र उपप्रमुखहरुको भेला ९ गते काठमाडौँमा हुँदैछ’, बैठकपछि उनले भने। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ