शनिबार, ३० चैत २०८१

माओवादीले बोलायाे संसदीय दलको बैठक


काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ।

बिहीबार दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेगरी दलको बैठक बाेलाइएकाे प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

बैठकमा संसदमा आफ्ना सांसदहरुकाे उपस्थिति, सरकारले ल्याएको अध्यादेश, पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल हुने बताइएको छ।

संघीय संसदकाे हिउँदे अधिवेशन माघ १८ गतेदेखि सुरु हुँदैछ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ