शुक्रबार, २९ चैत २०८१

माओवादीका प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर, काे कहाँ?


काठमाडौँ। नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ।

सोमबार खुमलटारमा बसेको पदाधिकारी बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गरेको हाे।

कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेललाई यथावत् राखिएको छ भने मधेस प्रदेशमा उपमहासचिव मातृका यादवलाई जिम्मेवारी दिइएको छ।

यस्तै बागमती प्रदेशमा सचिव हितमान शाक्यलाई जिम्मेवारी ताेकिएकाे छ। गण्डकी प्रदेशमा सचिव दीनानाथ शर्मालाई नै यथावत राखिएको छ।

यसैगरी लुम्बिनी प्रदेशमा सचिव चक्रपाणि खनाल, कर्णाली प्रदेशमा स्थायी समिति सदस्य कालीबहादुर मल्ललाई इन्चार्ज तोकिएकाे छ।

सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराजमणि पोखरेललाई पनि इन्चार्जमा यथावत् राखिएको छ।

यस्तै विशेष प्रदेश इन्चार्जमा जयपुरी घर्ती, सार्क प्रवासमा लक्ष्मण पन्त, यूरोप अमेरिका इन्चार्जमा राम कार्की र एसियामा ओम शर्मालाई जिम्मेवारी ताेकिएकाे छ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ