- असार ०६, २०८०
काठमाडौं । भिजिट भिसा प्रकरणमा संलग्न गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसदको अवरोध जारी राख्ने नेकपा माओवादी केन्द्रले निर्णय गरेको छ ।
खुमलटारमा शुक्रबार बसेको पदाधिकारी बैठकले गृहमन्त्रीले छानबिनका लागि राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
संवैधानिक बाध्यताअनुसार बजेट पेश गर्नको लागि अवरोध नगरेको भएपनि अब संसद चल्न नदिने याेजनामा माओवादी रहेकाे छ ।
टिप्पणीहरू: