शुक्रबार, २३ जेठ २०८२

गृहमन्त्रीकाे राजीनामा नआएसम्म माओवादीले संसद अवराेध जारी राख्ने


काठमाडाै‌ ।  प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने मागलाई यथावत राखेपछि संसदकाे गतिराेध कायमै हुने भएकाे छ ।

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा सोमबार प्रमुख तीन दलका शीर्ष नेताको बैठक बसेकाे थियाे ।  बैठकमा संसदको गतिरोध कसरी हल गर्ने र अघि बढ्ने भन्ने विषयमा छलफल भएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पत्रकारलाई जानकारी गराए ।

उनका अनुसार संसद बैठकलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल भए पनि निर्णय हुन सकेन ।

प्रमुख सचेतक पाण्डेले आफूहरुले संसदमा उठाउँदै आएको भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको मागलाई यथावत राखेको र राजीनामा नदिएसम्म बैठक चल्न नदिने अडान कायमै राखेको बताए ।

बैठकमा उपस्थित गृहमन्त्री रमेश लेखकले आफ्नो कुनै पनि संलग्नता नरहेको बताएको उनले सुनाए ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ