सोमबार, ०८ पुस २०८१

मलाई खादा र माला चाहिदैन, म्यासेन्जरबाट शुभकामना दिनुस् : प्रधानमन्त्री


काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बधाई तथा शुभकामना दिन चाहनेलाई डिजिटल माध्यमबाट दिन अनुरोध गरेका छन् ।  सामाजिक सञ्जाल फेसबुकमार्फत समयको प्रधानमन्त्री  ओलीले   बचतका लागि त्यसो गर्न अनुरोध गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भेटमा बधाई तथा शुभकामना दिन चाहनेलाई पनि खादा प्रयोग नगर्न अनुरोध गरेका छन्  । उनले आफ्ना शुभेच्छुकलाई सकेसम्म म्यासेञ्जरबाट सन्देश पठाउन अनुरोध गरेका छन् । 

“विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्, प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ, शुभेच्छुक सबैलाई सकेसम्म  म्यासेञ्जरबाट सन्देश पठाउन र भेटमा पनि खादामाला प्रयोग नगर्न अनुरोध गर्छु”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत उल्लेख  गरेका छन् । गत असार ३० गते उनी प्रधानमन्त्रीमा नियुक्त हुनुभएका थिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ