- असार ०६, २०८०
काठमाडौं, २ असोज । युवाहरुमाझ लोकप्रिय डिजिटल वालेट माईपेले नेपालीहरुको महान पर्व वडादशैं, तिहार र छठलाई मध्यनजर गर्दै “माईपे मेला ः चाडवाडको बहार, माईपेमा उपहारै उपहार” अफर सार्वजनिक गरेको छ ।
युवाहरूलाई डिजिटल कारोबारप्रति आकर्षित गर्न माईपले यसपटक चाडपर्वलाई लक्षित गरी विभिन्न आकर्षक उपहारहरू दिने घोषणा गरेको छ । असोज १ गतेदेखि मंसिर ३० सम्म चल्ने यस मेलामा माईपे प्रयोगकर्ताहरुले दैनिक, साप्ताहिक, मेगा र बम्पर पुरस्कारहरु जित्न सक्नुहुनेछ ।
माईपबाट कुनै पनि कारोबार गर्दा बम्पर उपहारमा माईपे प्रयोगकर्ताले स्कुटर जित्न सक्नुहुनेछ । मेगा पुरस्कारमा २ जना विजेताहरुले आइफोन १६ र २ जनाले हिराको औंठी जित्न सक्नुहुनेछ । त्यसैगरी साप्ताहिक पुरस्कारमा हरेक हप्ता स्मार्ट वाच, चाँदीको औंठी र दश हजार बराबरको व्युटी प्रोडक्टका साथै गिफ्ट भौचर र डिस्काउन्ट भौचर जित्न सक्नेछन् ।
यस माईपे मेला अवधिभर प्रयोगकर्ताहरुलाई ७५ लाख रुपैयाँ बराबरको डिस्काउन्ट क्यासब्याक भौचरहरु प्रदान गर्ने साथै हरेक हप्ताको १०–१० जनालाई माईपेबाट कारोबार गर्दा कारोबार रकमको सय प्रतिशत नै फिर्ता दिइने पनि माईपेले जनाएको छ ।
टिप्पणीहरू: