बिहिबार, ०८ माघ २०८२

महेश बस्नेतले सार्वजनिक गरे ओलीले जाँच बुझ आयोगलाई दिएको बयानका मुख्य बुँदा


 काठमाडाैं । नेकपा एमालेका सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीले २३ र २४ भदौको घटनाको छानबिन गर्न गठित जाँच बुझ आयोगलाई दिएको बयानका मुख्य बुँदाहरू सार्वजनिक गरेका छन् ।

सचिव ब  बस्नेतले सामाजिक सञ्जालमार्फत मुख्य बुँदा सार्वजनिक गरेका हुन् । सचिव बस्नेतले सार्वजनिक गरेकाे बुँदा यस्ताे छ :

▪️ २२ भदौको बेलुका राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आन्दोलन शान्तिपूर्ण हुने, बल प्रयोग नगर्ने र युवा–विद्यार्थीलाई सहयोग गर्ने विषयमा छलफल भएको।

▪️ आन्दोलनमा घुसपैठ र अराजक समूह प्रवेश भएको कुरा आन्दोलनमा संलग्न युवाहरूले नै स्वीकार गरिसकेका।

▪️ आन्दोलन गर्ने अधिकांश व्यक्ति जेन–जी पुस्ताका नभएको कुरा तत्कालीन फोटो र भिडियोहरूले प्रस्ट देखाएको।

▪️ २३ भदौमा तोडफोड र एक्कासि गोली प्रहार सुरु भएपछि गृहमन्त्रीसहित सबै सुरक्षा प्रमुखसँग छलफल गरी छानबिन समिति गठन गर्ने निर्णय।

▪️ २४ भदौको अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गर्न चाहिएको भए पनि त्यो सम्भव हुन नसकेको।

▪️ गौरीबहादुर कार्कीले घटनाकै दिन र त्यसअघि–पछिसमेत सामाजिक सञ्जालमा धारणा सार्वजनिक गरिसकेकाले निष्पक्ष प्रतिवेदन आउनेमा आशंका।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ