शुक्रबार, १९ मंसिर २०८२

राजीनामा दिने तयारीमा मधेसका मुख्यमन्त्री यादव


फाइल तस्बिर

काठमाडाैँ। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव राजीनामा दिने तयारी गरेका छन्।

विश्वासको मत नपाउने निश्चित भएपछि मुख्यमन्त्री यादवले पदबाट राजीनामा दिने तयारी गरेका हुन्।

आज दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले आफ्ना धारणा राखेर राजीनामा दिने तयारी गरेकाे यादवनिकट सांसदले बताए।

तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम एमाले संसदीय दलका नेता यादवलाई कात्तिक २४ गते मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। विपक्षी दलहरूले मुख्यमन्त्रीमा यादवकाे नियुक्तविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन गत सोमबार परमादेश जारी गरेको थियो। सोही आदेशअनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिन भनेर आज बुधबार प्रदेशसभा बैठक बोलाइएको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ