- असार ०६, २०८०
फाइल तस्बिर
काठमाडाैँ। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सेवा गरेर बस्न सल्लाह दिएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको विरोध गर्ने र विद्रोहको औचित्य छैन भन्ने हाे एमाले अध्यक्ष ओलीकाे सेवा गरेर बसे हुने सल्लाह नेपालले दिएका हुन्।
अध्यक्ष नेपालले पार्टीको प्रतिष्ठा बढाउन, पार्टी हितको रक्षा गर्न र अनुशासन पालना गर्न पार्टीविरूद्ध जान नहुने बताए।
‘पार्टीको पक्षमा। पार्टीको प्रतिष्ठा बढाउनका लागि, पार्टी हितको रक्षा गर्ने, पार्टीको अनुशासनकाे पालना गर्नुपर्छ, विरूद्धमा होइन। मिडियामा जाने, पार्टीको विरोध गर्ने, मिडियामा जाने विद्रोहको औचित्य छैन भन्ने। किन आउनुपर्यो त विद्रोह नै ठिक लागेन भने? केपी ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो नि’, उनले भने।
अध्यक्ष नेपालले थपे, ‘हामीले ठिक गर्यौँ, आँट गर्यौँ, दृढतताका साथ पहल गर्यौं। र, पहिलो गाँसमा ढुंगो हैन, सुनको सिक्का पायौँ। संविधान मिच्ने काम भइरहेको थियो, संविधान उल्लंघन गर्ने गलत परम्परा बसाल्ने काम भइरहेको थियो। यसको विरुद्ध हामी विद्रोह गर्यौं, खुलेआम हामी सडकमा आयौं, अदालत पनि गयौं, मुद्दा पनि दियौँ, राजनीतिक लडाइँ पनि लड्यौँ। सबै लडाइँमा जित्यौँ।’
टिप्पणीहरू: