सोमबार, ०२ असार २०८२

लुम्बिनीकाे बजेट ३८ अर्ब ९१ करोड


बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेकाे छ ।

चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार  र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार विनियोजन गरिएकाे छ ।

आइतबार लुम्बिनी प्रदेशसभाको छैठौं अधिवेशनको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गर्दै सरकारले कृषि, उद्योग, पर्यटन र पूर्वाधार निर्माणमा बजेटलाई प्राथमिकतामा राखेको जनाएका छन् । 

लुम्बिनी प्रदेश सरकारले समृद्ध लुम्बिनीः खुसी नागरिकको दीर्घकालीन आकांक्षा हासिल गर्ने संकल्प लिएकाे  छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ