बिहिबार, ०४ वैशाख २०८२

प्रधानमन्त्री र गृहमन्त्रीलाई लिङ्देनको चेतावनी : आफ्नो लागि जेलको व्यवस्था गर्नु होला


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई जीवनको उत्तरार्धमा बस्नका लागि सुविधा सम्पन्न जेल बनाउन चेतावनी दिएका छन् ।

मंगलबार बल्खुमा पार्टीले आयोजना गरेको शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको नाम लिँदै भने ‘तिमी जस्ता भ्रष्टहरुलाई जेल हाल्छु भनेर जनताको विचमा गएर भोट मागेर पाँचौ दल भएको पार्टी हो राप्रपा ।’

सत्ताधारी दलहरु नसुध्रने हो भने भात पानी बन्द गरिदिने चेतावनी दिँदै उनले भने ‘गणतन्त्र कति कमजोर र लुरे रहेछ भनेर देखाउनका लागि राप्रपा सडकमा आएका हौं ।’

चैत्र १५ गतेको घटनामा न्यायिक आयोग गठन गर्न माग गर्दै दोषीलाई कार्वाही गर्न माग गरे । आफुना पार्टीका नेताहरुलाई प्रहरी हिरासतमा अपमानजनक रुपमा राखेको भन्दै लिङ्देनले भने ‘यो घटनालाई हामीले इखको रुपमा लिएका छौं ।’

राजा चाहिन्छ भनेका कारण मान्छेहरु थुन्ने हो भने जेल खाली गर्न चुनौति दिँदै उनले भने ‘राजा चाहिन्छ भन्दै लाखौ मान्छे सडकमा आउन तयार छन् ।’ 


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ