- असार ०६, २०८०
काठमाडाैँ। सिन्धुपाल्चोककाे बाह्रबिसे–८ का एमाले, कांग्रेसलगायत विभिन्न पार्टी परित्याग गरी दुई दर्जनभन्दा बढी नेता–कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।
उनीहरूलाई संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले टीका तथा खादा लगाएर पार्टीमा स्वागत गरे।
राष्ट्रिय परिस्थितिलाई नेपाली कम्युनिष्ट पार्टीले मात्र सही दिशा दिन सक्छ भन्ने विश्वासका साथ आफूहरू प्रवेश गरेको उनीहरूले बताएका छन्।
टिप्पणीहरू: