शनिबार, २४ जेठ २०८२

युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित


पोखरा । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा थेबे दाेस्राेपटक अध्यक्ष निर्वाचित भएका हुन् ।


पोखरा सभागृहमा मंगलबार भएको मतदानबाट सुमन पुरीलाई हराउँदै थेबेले दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।

थेबे ७९६ मतसहित निर्वाचित हुँदा अध्यक्षका अर्का दाबेदार सुमन पुरीले ६०८ मत ल्याए । 

पार्टी नेतृत्वले सर्वसम्मत नेतृत्व चाँहदा चाहदै पुरीले अडान नछाडेपछि निर्वाचन भएकाे थियाे ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ