- असार ०६, २०८०
काठमाडौं, २ मंसिर । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि सरकारविरुद्ध आन्दोलन गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले उप–निर्वाचनमा कीर्तिपुरमा उम्मेदवार नउठाउने भएको छ ।
रास्वपाले शिशिर खनाललाई बागमतीको निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी दिएको छ । सोही समितिले किर्तिपुरको मेयरमा जयराम कार्की र वडा नम्बर ४ मा शुसिल बास्कोटाको नाम सिफारिस गरेको थियो । उम्मेदवारी दर्ता हुने दिन पार्टीको उम्मेदवार नउठाउने निर्णय गरेको छ । ‘हामी कोही उम्मेदवारलाई सघाउछौं तर, कीर्तिपुरमा पार्टीको उम्मेदवार उठाउदैनौ ।’ रास्वपाका एक जना केन्द्रिय सदस्यले भने ।
पार्टी सभापति लामिछाने पक्राउ परेपछि सरकारविरुद्ध आन्दोलनरत रास्वपाको इलाममा भएको उप निर्वाचनमा जमानत जफत भएको थियो ।
टिप्पणीहरू: