बुधबार, ०९ पुस २०८२

केन्द्रीय सदस्यहरुलाई ओलीको आग्रह– असन्तुष्टि नेतृत्वसमक्ष राख्नुस्, सञ्चार माध्यममा गएर नबाेल्नुस्


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीकाे प्रतिष्ठामा आँच पुग्ने खालका कुराहरू नगर्न आग्रह गरेका छन्।

पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले असन्तुष्टि नेतृत्वसमक्ष व्यक्त गर्न आग्रह गरेका हुन्।

‘असन्तुष्टि नेतृत्वसमक्ष व्यक्त गर्दा हुन्छ। माैखिक वा लिखित रूपमा व्यक्त गर्दा हुन्छ। सार्वजनिक सञ्चार माध्यममा गएर पार्टीकाे सम्बन्धमा, पार्टीकाे प्रतिष्ठामा अलिकति पनि आँच पुग्ने खालका कुराहरू नआउन् भन्ने आग्रह गर्न चाहन्छु’, उनले भने।

अध्यक्ष ओलीले पार्टीभित्रको एकताका लागि आर्मीले मार्च पास गरेजस्तो ताल र सुरमा अगाडि बढ्नुपर्ने बताए।

‘दोस्रो विधान महाधिवेशनले पारित गरेका वैचारिक, संगठनात्मक नीतिहरूअनुसार हामी अगाडि बढ्नेछौं। ती नीतिहरूमा हामी एकश्वर भएर परेडमा आर्मीले मार्च गरेजस्तो, हातखुट्टा बराबर चल्ने गरी ताल मिलाएर अगाडि बढ्नेछौं। ताल र सुरमा अगाडि बढ्ने छौं। जहाँ एकरूपता र एकता प्रकट होस्,’ उनले भने।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ