शुक्रबार, २९ चैत २०८१

कांग्रेससंग सत्ता समीकरण वर्तमान परिस्थितिकाे उपज : शंकर पाेखरेल


काठमाडाैं ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता समीकरण वर्तमान परिस्थितिकाे उपज भएकाे बताएका छन् ।

सत्ता समीकरण विरुद्ध जस्तोसुकै भ्रम फिँजाए पनि त्यस्ता शक्तिको अभीष्ट पुरा नहुने उनकाे भनाई छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत पोखरेलले कांग्रेस एमालेको सहकार्य रहर नभएर राजनीतिक परिस्थितिको उपज भएको उल्लेख गरेका छन् ।

दुई ठुला राजनीतिक दल बिचको सत्ता समीकरणले त्यस्ता तत्त्वहरू विचलित भएको पोखरेलको ठम्याई छ ।

‘७ बुँदे सहमतिको जगमा बनेको वर्तमान सत्ता समीकरणबाट विचलित भएका अस्थिरतावादका हिमायतीहरू सहकार्यका विरुद्धमा अनेक प्रकारका भ्रम र अफवाहको खेती गरिरहेका छन्, उनीहरूले सत्ता समीकरणका विरुद्धमा जस्तोसुकै कुप्रयास गरे पनि तिनको अभीष्ट पुरा हुने छैन, हुन दिइने छैन किनकि सहकार्य वर्तमान राजनीतिक परिस्थितिको उपज हो’, पोखरेलले लेखेका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ