- असार ०६, २०८०
काठमाडाैँ। सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।
आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको लोत्से हलमा बस्ने गरी बैठक बोलाइएकाे हाे।
संसदकाे हिउँदे अधिवेशनमा आह्वान भएसँगै कांग्रेसले दलको बैठक बोलाएको हाे।
बैठकमा संसदमा पार्टीका सांसदकाे उपस्थिति, संसदमा दर्ता भएका विधेयकलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएकाे छ।
संसदकाे अधिवेशन यही माघ १८ गतेदेखि सुरु हुँदैछ।
टिप्पणीहरू: