- असार ०६, २०८०
काठमाडौं। दुई वर्षअघि नेपाली कांग्रेस छाडेर एमाले प्रवेश गरेका मधेशी मुलका नेता जीतेन्द्र नारायण देवले एमाले छाडेको घोषणा गरेका छन्।
लामो समय कांग्रेसको राजनीति गरेका जीतेन्द्रले सोमबार प्रेश विज्ञप्ति जारी गर्दै एमाले छाडेको घोषणा गरेका हुन्।
जेनजी आन्दोलनपछि पनि पार्टी सच्चाउने प्रयास नगरिएको भन्दै उनले एमाले छोडेको उल्लेख गरेका छन्।
जेनजी आन्दोलनको सन्दर्भ जोड्दै जीतेन्द्रले भनेका छन्, ‘आफू सच्चिन र पार्टीलाई सच्चाउने दिशमा लाग्नुको सट्टा यसलाई विदेशी षड्यन्त्र देख्ने, पार्टीलाई व्यक्तिवाद र देवत्वकरणतिर लैजाने तथा स्वेच्छाचारी र विभेदकारी ढंगले पार्टी सञ्चालन गर्ने विचार नीति तथा व्यवहारसँग असहमत भई आजैको मितिदेखि नेकपा (एमाले) परित्याग गरेको घोषणा गर्दै सम्बद्ध पक्षलाई यस विषयको सार्वजनिक जानकारी गराउँदछु।’
संविधान सभा सदस्यसमेत रहेका उनी पूर्वमन्त्री हुन्।
टिप्पणीहरू: