शुक्रबार, १९ मंसिर २०८२

यो भएन त्यो भएन भनेर मात्रै हुँदैन, सहि व्यक्ति राजनीतिमा आउनुपर्छ : कुलमानि घिसिङ


काठमाडौं । उर्जामन्त्री कुलमानि घिसिङले बाहिर बसेर गाली गर्ने तर, राजनीतिमा सक्रिय नहुने प्रवृत्तिले देश नबन्ने बताएका छन् । बाहिर बसेर यो भएन, त्यो भएन भनेर मात्रै हुँदैन भन्दै राम्रा मान्छेलाई राजनीतिमा आउन आग्रह गरे ।

निर्वाचनलाई देश परिवर्तनको महत्वपूर्ण अवसर मान्ने घिसिङले भ्रष्टाचारमुक्त देश बनेपछि समृद्धिको आधार तय हुने बताए  । ‘भ्रष्टाचारमुक्त भयो भने देश अगाडी बढ्छ । यसका लागि सबैको योगदान जरुरी छ ।’ उनले भने ।

परिवर्तनलाई संस्थागत गर्न सबै एक भएर लाग्नुपर्छ भन्दै उनले जेनजी आन्दोलन भ्रष्टाचारमुक्त समाजका लागि भएको बताए । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ