मङ्गलबार, १० चैत २०८२

इरानले भन्याे- क्षतिपुर्ति नभएसम्म युद्ध जारी रहन्छ


काठमाडौं। इरानले अमेरिका र इजरायलसँगको लडाइँबाट पछि नहट्ने अडान कायम राखेको छ। अमेरिका–इजरायलले गरेकाे संयुक्त आक्रमणको क्षतिपूर्ति नभएसम्म युद्ध जारी रहने इरानले बताएकाे छ।

ट्रम्पले इरानमा पाँच दिनका लागि आक्रमण स्थगित गरेको घोषणा गरेपछि इरानको सो भनाइ सार्वजनिक भएको हो।

इरानका सर्वोच्च नेता मोज्तबा खामेनीका वरिष्ठ सैन्य सल्लाहकार मोहसेन रजाईले एक टेलिभिजनमार्फत् युद्धको क्षतिपूर्ति नभएसम्म लडाइँ जारी राख्ने बताएका हुन्।

उनले इरानमाथि लगाइएका सबै आर्थिक प्रतिबन्ध हटाइनुपर्ने र भविष्यमा अमेरिकाबाट कुनै हस्तक्षेप नहुने ठोस ग्यारेन्टी हुनुपर्ने पनि बताएका छन्।

इरानी सेना पूर्ण क्षमताका साथ लडिरहेको बताउँदै उनले नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको नेतृत्वमा देशलाई मजबुत रुपमा सम्हालिरहेको बताएका छन्।

रजाईका अनुसार यो युद्ध एक हप्ताभित्रै समाप्त हुन सक्थ्यो, तर इजरायलका कारण लम्बिएको हो।

उनले भनेका छन्– अमेरिका युद्धविरामका लागि तयार थियो र संघर्ष अन्त्यतर्फ अघि बढिरहेको थियो। तर इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आक्रमण जारी राख्न जोड दिएपछि युद्ध लम्बिएको हो।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ