- भदौ ०२, २०८१
भारतीय नर्स निमिषा प्रियालाई भोलि अर्थात् बुधबार यमनमा मृत्युदण्डको सजाय दिइदै छ । निमिषा सन २०१७ देखि जेलमा छिन् । उनीमाथि यमनी नागरिक तलाल अब्दो महदीलाई औषधीको ओभरडोज दिएर हत्या गरेको आरोप छ ।
निमिषा र महदी यमनको एक निजी क्लिनिकमा साझेदार थिए । महदीले निमिषाको राहदानी आफ्नो कब्जामा राखेको र उनलाई यातना दिएको आरोप छ ।
निमिषालाई मृत्युदण्डबाट बचाउन कूटनीतिक स्तरमा धेरै प्रयास भयो, तर कुनै फाइदा भएन ।
मुटु नजिकै गोली हानेर मारिन्छ
यमनमा मृत्युदण्डको एक मात्र सजाय गोली हानेर मार्नु हो । ढुङ्गाले हानेर, झुण्ड्याएर र टाउको काटेर मार्ने प्रावधान भए पनि यी विधी प्रयोग गरिँदैनन् ।
गोली हान्नुअघि, दोषीलाई कार्पेट वा कम्बलमा घोप्टो परेर सुताउन लगाइन्छ ।
यसपछि, डाक्टरले दोषीको ढाडमा मुटुभन्दा माथि निशान लगाउँछन् र त्यसपछि जल्लादले स्वचालित राइफलले उसको पछाडि गोली हान्छ । कतिपय अवस्थामा मृत्युदण्ड दिनुअघि कोर्रा पनि लगाइन्छ ।
यमनमा, इस्लाम धर्म त्यागे पनि मृत्युदण्डको सजाय दिइन्छ
यमनको दण्ड संहिता अनुसार, किसास, हुदुद र ताजिरको लागि मृत्युदण्डको प्रावधान छ ।
किसासः आँखाको बदलामा आँखाको नियम, यस अन्तर्गत, हत्याका घटनाहरूमा, पीडितको परिवारलाई पैसा दिएर माफी माग्ने अधिकार छ ।
हुदुद अपराध : व्यभिचार, समलैंगिकता, धर्मत्याग र डकैती जस्ता अपराधहरू शरिया अन्तर्गत मृत्युदण्डको सजाय छ ।
ताजीरः आतंकवाद, जासूसी वा देशद्रोह जस्ता गम्भीर अपराधहरू मृत्युदण्डको सजाय दिइन्छ
ब्लड मनी नै अन्तिम आशा थियो
ब्लड मनी नै निमिषाको जीवन बचाउने अन्तिम आशा थियो । यद्यपि, भारत सरकारले सोमबार सर्वोच्च अदालतलाई निमिषा प्रिया मुद्दामा धेरै गर्न नसक्ने बताएको छ ।
महान्यायाधिवक्ता आर वेंकटरमणि भने ‘हामी निश्चित हदसम्म मात्र जान सक्छौं र हामी त्यहाँ पुगेका छौं ।
‘सेभ निमिषा प्रिया इन्टरनेशनल एक्सन काउन्सिल’ का वकिलले अदालतलाई भने मृतकको परिवारले ‘ब्लड मनी’ (क्षतिपूर्ति) स्वीकार गर्नु नै एकमात्र उपाय हो ।
परिवारलाई १० लाख अमेरिकी डलर (लगभग ८.५ करोड भारतीय रुपैयाँ) को प्रस्ताव गरिएको छ, तर उनीहरूले त्यसलाई अस्वीकार गरेका छन् । परिवारले यो विषय आफ्नो सम्मानसँग सम्बन्धित भएको बताएको छ ।
२००८ मा, केरलाको पलक्कड निवासी १९ वर्षीया निमिषा प्रिया जागिरको लागि यमन पुगेकी थिइन् । उनले राजधानी सानाको एक सरकारी अस्पतालमा नर्सको जागिर पाइन् ।
२०११ मा, निमिषा विवाह गर्न भारत फर्किइन् । उनले कोच्चि निवासी टमी थोमससँग विवाह गरिन् र दुवै यमन गए । यमनमा थोमसले इलेक्ट्रीशियनको सहायकको रूपमा काम पाए, तर तलब धेरै कम थियो ।
२०१२ मा, निमिषाले छोरी मिशाललाई जन्म दिइन्, तर यमनमा बाँच्न कठिन भयो ।
२०१४ मा, थोमस आफ्नी छोरी लिएर कोच्चि फर्किए, जहाँ उनले ई–रिक्सा चलाउन थाले । निमिषाले आफ्नो थोरै तलब भएको जागिर छोडेर क्लिनिक खोल्ने निर्णय गरिन् । यमनी कानूनले निमिषालाई स्थानीय पार्टनर खोज्न बाध्य बनायो ।
यसै क्रममा निमिषाले कपडा पसल चलाउने महदीलाई भेटिन्। । महदीकी श्रीमतीलाई सुत्केरी गराउने निमिषा नै थिइन् ।
जनवरी २०१५ मा, निमिषा आफ्नी छोरी मिशाललाई भेट्न भारत आइन् । महदी पनि उनीसँगै भारत आएकी आएका थिए । यहि बेला महदीले निमिषाको विवाहको फोटो चोरे । पछि महदीले यो फोटोको विषयमा लफडा गर्दै निमिषाको पति भएको भन्दै आपत्ति जनाए ।
क्लिनिक सुरु गर्न निमिषाले परिवार र साथीभाइबाट लगभग ५० लाख रुपैयाँ जम्मा गरिन् र यमन पुगेपछि क्लिनिक सुरु गरिन् ।
निमिषाले आफ्नो श्रीमान र छोरीलाई यमन बोलाउन कागजी काम सुरु गरिन्, तर मार्चमा त्यहाँ गृहयुद्ध सुरु भयो र उनीहरू यमन जान सकेनन् ।
यमनमा गृहयुद्धका कारण भारतले त्यहाँबाट आफ्ना नागरिकहरूलाई बाहिर निकाल्न ‘अपरेशन राहत’ सुरु गरेको थियो । यो अपरेशन अप्रिल–मे २०१५ सम्म चलेको थियो, जसमा ४,६०० भारतीय र लगभग एक हजार विदेशी नागरिकहरूलाई यमनबाट बाहिर निकालिएको थियो, तर तीमध्ये निमिशा मात्र भारत फर्कन सकिनन् ।
२०१६ मा, मेहदीले निमिषालाई शारीरिक दुव्र्यवहार गर्न थाले । उनले निमिषाको क्लिनिकको नाफा पनि हडप्न थाले । जब निमिषाले उनलाई यसबारे प्रश्न गरिन्, तब उनीहरूको सम्बन्ध बिग्रियो ।
जब निमिषाले यसबारे प्रश्न गरिन्, तब उनीहरूको सम्बन्ध बिग्रियो । महदी निमिषालाई यमनबाट बाहिर जान दिन चाहँदैनथे, त्यसैले उनले निमिषाको राहदानी आफूसँगै राखे ।
निमिषाले महदी विरुद्ध प्रहरीमा उजुरी पनि दिइन्, तर महदीले सम्पादित तस्बिरहरू देखाए र आफु निमिषाको पति भएको दाबी गरेपछि प्रहरीले निमिषालाई ६ दिनको लागि हिरासतमा लिएको थियो ।
औषधिको ओभरडोज दिइन्, जसले गर्दा महदीको मृत्यु भयो
निमिषा निकै दुखी थिइन् । जुलाई २०१७ मा, महदीसँग भएको पासपोर्ट खोस्न निमिषाले उनलाई बेहोस बनाउनको लागि इन्जेक्सन दिइन्, तर त्यसले काम गरेन । त्यसपछि निमिषाले महदीलाई ओभरडोज दिइन्, जसले गर्दा उनको मृत्यु भयो ।
मिडिया रिपोर्टका अनुसार निमिषाले महदीको शव टुक्रा–टुक्रा पारेर पानीको ट्याङ्कीमा फ्याँकेकी थिइन् । यसपछि प्रहरीले निमिषालाई पक्राउ गरेको थियो ।
यमनको सर्वोच्च न्यायिक परिषद्ले महदीको हत्याको आरोपमा निमिशालाई मृत्युदण्डको सजाय सुनाएको थियो । निमिशाले यमनको सर्वोच्च अदालतमा माफीको अपील दायर गरेकी थिइन्, जुन २०२३ मा खारेज भएको थियो । राष्ट्रपति रशादले पनि ३० डिसेम्बर २०२४ मा सजायलाई अनुमोदन गरेका थिए ।
ब्लड मनी मार्फत निमिषालाई बचाउने प्रयास
निमिषालाई माफी दिलाउनका लागि, उनकी आमाले आफ्नो सम्पत्ति बेचेर र क्राउडफन्डिङ मार्फत ‘ब्लड मनी’ उठाउने प्रयास पनि गरिन् ।
२०२० मा, निमिषालाई सजायबाट बचाउन र ब्लडमनी सङ्कलन गर्न ‘सेभ निमिषा प्रिया इन्टरनेशनल एक्सन काउन्सिल’ गठन गरिएको थियो । केरलाका एक प्रसिद्ध व्यापारीले निमिषालाई बचाउन १ करोड रुपैयाँ दान गर्ने घोषणा गरेका थिए ।
शरिया कानून अनुसार, पीडित पक्षलाई अपराधीहरूको सजायको निर्णय गर्ने अधिकार छ । हत्याको घटनामा, सजाय मृत्युदण्ड हो, तर पीडितको परिवारले पैसा लिएर अपराधीलाई माफ गर्न सक्छन् । यसलाई ‘रक्त धन’ भनिन्छ, जुन कुरानमा पनि उल्लेख छ ।
टिप्पणीहरू: