शनिबार, २४ जेठ २०८२

भारत र पाकिस्तानकाे हात हालाहाल भएको थियो, हाम्राे सुझावले लडाइँ हुन पाएन: प्रधानमन्त्री (भिडियाे)


लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानको अलिकति हात हालाहाल भएको तर आफूहरुकाे सुझावले लडाइँमा परिणत नभएकाे बताएका छन् ।

सोमबार लुम्बिनीमा आयोजित बुद्ध जयन्ती तथा लुम्बिनी दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरुले कामना गरेकाेले भारत-पाकिस्तानले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गरेकाे बताएका हुन् ।

‘झण्डैझण्डै केही दिन अगाडि मात्रै हाम्रै छिमेक भारत र पाकिस्तानको अलिकति हात हालाहाल भएको थियो तर बढ्न पाएन । संयमका लागि धन्यवाद छ । हामीले सुरुदेखि भन्यौं, विस्तार हुन नपाओस् । यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना गर्यौं, उहाँहरुसँग पनि कुरा गर्यौं । नभन्दै उहाँहरुले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि केही केही आरोप प्रत्यारोपको स्थिति छ’, उनले भने । 


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ