शुक्रबार, २३ जेठ २०८२

भिजिट भिसा प्रकरणको असर: संसद बैठक सरेको सर्‍यै


काठमाडौं। भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको कारण प्रतिनिधिसभा बन्धक बनेको छ।

मंगलबार १ बजे बस्ने गरी सूचना टाँसेर सारिएको प्रतिनिधिसभाको बैठक फेरि सरेकाे छ।  सभामुखको सचिवालयले सूचना टाँसेर आज सवा ३ बजेसम्मका लागि सरेको हाे।

मंगलबार पनि बिहान ११ बस्ने भनेको बैठक २ बजेलाई सारिएको थियो। दुई बजे पनि दलहरुबीच सहमति नभएपछि सूचना टाँसेर मंगलबारका लागि स्थगित गरिएको थियो।

सभामुखले राखेको प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन भएपछि बुधबारको संसद् बैठक पनि अनिश्चित बनेको छ।

विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु पर्ने माग जारी राखेका छन् भने सत्ताघटका कांग्रेस एमालेका शीर्ष नेतृत्वले राजीनामा दिनु नपर्ने दावी गर्दै आएका छन्।

सभामुखकै पहलमा हिजो भएको प्रमुख सचेतकहरूको बैठकमा दलहरू सहमतिको नजिक पुगेका थिए। विपक्षी दलहरूले २०६४ यताका गृहमन्त्री तथा श्रममन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न सरकार तयार भए सदनमा गृहमन्त्रीलाई बोल्न दिने धारणा राखेका थिए। तर, विपक्षलाई सत्तापक्षले छानविन समिति गठनको विश्वासिलो आधार दिन नसकेपछि कुरा बिग्रिएको थियो।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ