- असार ०६, २०८०
काठमाडाैं । शिक्षा विज्ञा तथा प्रविधिमन्त्री महावीर पुनले भ्रष्टहरुले सत्ता उल्ट्याउने चेतावनी दिएका छन् ।
जेनजीका नाममा धेरै पार्टी खुलेकाेमा असन्तुष्टी जनाउदै मन्त्री पुनले सामाजिक सञ्जाल फेशबुकमा लेख्दै उक्त चिन्ता व्यक्त गरेका हुन् ।
'हेर्नुहोस १२३ दल दर्ता भैसके र ३२ दल दर्ता हुने प्रकृयामा रे । यिनीहरूले आफुलाई पुर्ने खाल्डो आफै खन्दैछन । संसारमा फुटेर होइन की आपसमा मिलेर र जुटेर मात्र शक्तिशाली भईन्छ।' उनले भनेका छन् ।
उनकाे भनाई जस्ताकाे तस्तै
हेर्नुहोस १२३ दल दर्ता भैसके र ३२ दल दर्ता हुने प्रकृयामा रे । यिनीहरूले आफुलाई पुर्ने खाल्डो आफै खन्दैछन । संसारमा फुटेर होइन की आपसमा मिलेर र जुटेर मात्र शक्तिशाली भईन्छ।
नेपालीहरु फुट्ने र सानोतिनो कुराहरुमा नमिलेर निर्वाचन आयोगमा धेरै भन्दा धेरै पार्टी दर्ता गर्ने होडबाजी चलिरहेको छ। यस्तै ताल हो भने नेपालमा बृद्ध नेताहरुको संरक्षणमा खाई पल्केका जाली फटाहा नेताहरुको र आसेपासेहरुको शासन फेरि फर्किन्छ। जेन-जी आन्दोलनको लक्ष्य तुहिएर जान्छ र अहिलेको मन्त्री मण्डलले गरेको राम्रो र सकारात्मक कामहरु र निर्णयहरु पुरानै पापी भ्रष्टाचारी पार्टीहरु फेरि निर्वाचित भएर आए भने उलट्याउँछन ।
टिप्पणीहरू: