शनिबार, ०६ मंसिर २०८२

संविधानको रक्षा र सुशासनका लागि क्षेत्राधिकारभित्र रहेर काम गर्नेछु: प्रदेश प्रमुख कर्ण


जनकपुर। मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा सुरेन्द्र लाभ कर्णले संविधानको रक्षा र सुशासनका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन्।

जनकपुरधामस्थित प्रदेश प्रमुख कार्यालयमा पदभार ग्रहण गर्दै आज सञ्चारकर्मीसँग उहाँले आफूलाई संविधानले दिएको अधिकारभित्र रहेर न्यायपूर्ण रूपमा काम गर्ने बताए।

प्रदेश प्रमुख डा कर्णले आफू पत्रकारमैत्री प्रदेश प्रमुखको रूपमा रहने धारणा राख्दै सञ्चारकर्मीलाई राय, सुझाव र सहयोगका लागि आग्रह गरे।

उनले मधेस प्रदेश सीताको जननी भूमि रहेको भन्दै यहाँको ऐतिहासिक र सांस्कृतिक पहिचानप्रति सम्मान गर्दै अगाडि बढ्न अपिल गरे।

प्रदेश प्रमुख डा कर्णले त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रको प्राध्यापकको रूपमा लामो समय सेवा गरेका थिए। त्यहाँबाट सेवा निवृत्त उनले राष्ट्रिय योजना आयोगका सदस्यका रूपमा समेत काम गरिसकेका छन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ