बिहिबार, १९ असार २०८२

गगन थापाको कारण मलाई अभियोग लाग्यो : मोहन बस्नेत


काठमाडौं । भ्रष्टाचार अभियोग लागेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेतले महामन्त्री गगन थापाका कारण आफु भ्रष्टाचार अभियोग लागेको बताएका छन् ।

सानेपामा जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै बस्नेतले महामन्त्री थापाको उछित्तो काढे ।

बस्नेतविरुद्ध टेरामक्स प्रकरणमा भ्रष्टाचारको मुद्दा दायर भएको । गगन थापा आफूविरुद्ध खुलेरै लागेको भन्दै उनले संसद्मै पनि बोलेको बताए ।
अख्तियारका प्रमुखदेखि कोही पदाधिकारी पनि सग्लो नभएको भन्दै प्रतिशोधको राजनीति गरेर कोही सग्लो नबस्ने बताए । ‘अब यहाँ बढी बोल्यो भन्नुहोला, कसै न कसैले बोल्ने आँट गर्नुपर्छ । यसरी देश चल्दैन, राजनीति चल्दैन, प्रजातन्त्र समाप्त हुन्छ ।’ उनले भने ।

बस्नेतले आफूविरुद्ध मुद्दा चल्दा पार्टीले सहयोग नगरेको भन्दै महामन्त्री थापाप्रति इंगित गर्दै भने ‘महामन्त्री गगनजी तपाईं अरू नेताहरूलाई पनि समात्न लगाउनुस्, अनि तपाईं चाहिँ कहाँ जानुहुन्छ ?’

कांग्रेस –एमाले गठबन्धन सरकार बने लगत्तै बस्नेतले महामन्त्रीहरुका अभिव्यक्तिका कारण गठबन्धनमा समस्या पर्ने भो भन्दै अर्ति उपदेश समेत दिएका थिए । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ