- असार ०६, २०८०
काठमाडाैँ। गृहमन्त्री रमेश लेखकले भिटिज भिसा प्रकरणमा आफ्नाे कुनै संलग्नता नरहेकाे स्पष्ट पारेका छन्।
बुधबार संघीय संसद् भवनकाे ल्होत्सेमा पत्रकार सम्मेलन गरेर गृहमन्त्री लेखकले उक्त प्रकरणमा आफ्नाे संलग्नता नरहेकाे भन्दै राजनीतिक पूर्वाग्रहले आक्रमण गरिएकाे बताए।
उनले आफूविरुद्ध नियोजित रुपमा षड्यन्त्रपूर्वक ढंगले आक्रमण गरिएकाे दाबी गरे।
‘भिटिज भिसा प्रकरणमा मेरो कुनै संलग्नता छैन। मलाई मेरो विरुद्धमा नियोजित रुपमा षड्यन्त्रपूर्वक ढंगले आक्रमण गरिएकाे छ। याे आक्रमण राजनीतिक पूर्वाग्रहले प्रेरित छ, षड्यन्त्रमूलक छ। यसकाे क्रम जारी छ भन्ने मैले अनुभूति गरेकाे छु’, उनले भने।
टिप्पणीहरू: