सोमबार, २५ जेठ २०८३

एक जनाले चमत्कार गर्छ भनेर म विश्वास गर्दिन : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले एक जना व्यक्तिले देशमा चमत्कार गर्नसक्छ भन्ने कुरामा आफूलाई विश्वास नभएको बताएका छन्। आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ का मतदातासँगको छलफलमा अहिलेको चुनावमा एजेन्डा छाडेर प्रधानमन्त्री को बन्ने भन्नेमा केन्द्रित हुनु सान्दर्भिक नहुने उनकाे भनाई थियाे ।

आफु सहमतिको राजनीतिमा विश्वास गर्ने भन्दै एकजनाले चमत्कार गर्न सक्छ भन्ने कुरा विश्वास नगर्ने उनकाे भनाई थियाे । 'यसपालिको चुनाव चाहिँ दुर्भाग्य कस्तो भइदियो भने विषयवस्तुमा छलफल छैन, के गर्न खोजेको भन्ने कुरा छैन। को प्रधानमन्त्री बन्ने ? को कस्तो देखिने ? कसले कस्तो लाउने ? कसले कस्तो हिँड्ने ? भनेको जस्तो विषयवस्तु तिर गयो। जसले गर्दा हाम्रा छलफल, मुद्दाहरू सबै कुरा गौण बनेको छ।’ उनले भने ।

उनले अब निर्वाचनपछिको ५ वर्ष खेर फाल्नु छुट कसैलाई नभएको बताए।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ