- असार ०६, २०८०
फाइल तस्बिर
काठमाडाैँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेकाे बताएका छन्।
मंगलबार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसँगकाे भेटपछि बाहिरिने क्रममा सञ्चारकर्मीले ‘भिजिट भिसा प्रकरणमा तपाईंहरूकै माग बमाेजिम बनेकाे २ बँदे सहमतिमा रास्वपाले चाहिँ असहमति जनाएकाे छ, तपाईंहरूकाे चाहिँ के हाे?’ भनेर साेधेकाे प्रश्नमा उनले यस्ताे बताएका हुन्।
‘यसमा अहिले पनि रास्वपालाई धेरै भन्न चाहन्न। रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नकाे निम्ति मैले अन्तिम समयसम्म प्रयास गरेको, अझै गर्दैछु। रास्वपाका साथीहरूले एकदिन सबै कुरा बुझ्नुहुन्छ’, पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने।
उनले भिजिट भिसा प्रकरणमा बनेकाे छानबिन समिति आफूहरूले माग गरेअनुसार नै बनेकोले ठिक रहेकाे बताए।
साथै प्रचण्डले माधव नेपाल र आफूबीच सामान्य छलफल मात्रै भएकाे बताए।
टिप्पणीहरू: