सोमबार, २३ चैत २०८२

प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन


काठमाडाैँ । प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठनका लागि प्रस्ताव पारित भएकाे छ । सोमबारको प्रतिनिधि सभा बैठकमा रास्वपा सांसद कविन्द्र बुर्लाकोटीले मस्यौदा समितिको सभापतिमा पराजुली र समिति सदस्यहरूको नाम प्रस्ताव गरेका थिए । 

समिति सदस्यहरूमा डा. ओजश्वी शेरचन, ऐन महर, खुस्बु ओली, खगेन्द्र सुनार, गजलासमिम मिश्रानी, तपेश्वर यादव, ध्रुवराजव राई, निशा डाँगी, निश्कल राई, वलावती शर्मा, मधु चौलागाई,रेखा कुमारी यादव यज्ञमणी न्यौपाने, सुलभ खरेल रहेका छन् ।

समितिले सभामुखको निर्देशनमा कार्यविधि बनाउनेछ भने आवश्यक देखेमा विशेषज्ञको सहयोग लिन सक्नेछ । समितिको कार्यावधि १४ दिनको हुनेछ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ