मङ्गलबार, १९ जेठ २०८३

विपक्षी दल विराेध गरेपछि प्रतिनिधिसभा बैठक २५ गतेसम्मका लागि स्थगित


काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकको विराेध जारी राखेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक २५ गते बस्नेगरी स्थगित गरेको घोषणा गरे।

दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक ३ बजेमात्रै सुरु भएको थियो । वैठक सुरु भए लगत्तै सभामुखले विपक्षी दलका केही सांसदहरूलाई आफ्नो धारणा राख्न दिए । 

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्य माग गर्दै आएका छन् । बिना तथ्य बोलेको हो भने माफी माग्नुपर्ने विपक्षी दलहरूको अडान छ ।

आज पनि उनीहरूले सोही अडान दोहोर्‍याए । यसैबीच सभामुख डोलप्रसाद अर्यालले संसद्को कार्यसूची अघि बढाउन खोजेका थिए ।

तर विपक्षीहरूले आफ्नो अडान छाडेनन् । त्यसपछि सभामुख अर्यालले बैठक २५ गतेसम्मका लागि स्थगित गरेका हुन् ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ