बिहिबार, १० वैशाख २०८३

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा


काठमाडाैं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनमा दिएका छन्। गुरुङले बुधबार सामाजिक सञ्जालमार्फत राजीनामा दिएको घोषणा गरेका हुन्।

उनले भनेका छन्, ‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘कन्फ्लिक्ट अफ इन्टेरेस्ट’ नदेखियोस र  त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।’

उनले नैतिकताको आधारमा राजीनामा दिएको जनाएका छन्। ‘सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ। मेरा ४६ जना भाइ बहिनीहरूको रगत र बलिदानीको आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो,’ गुरुङले भनेका छन्। 

विवादास्पद व्यवसायीसंग उनकाे संलग्नता भेटिएपछि उनी विवादमा आएका थिए ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ