सोमबार, ०३ कात्तिक २०८२

विध्वंसात्मक गतिविधीमा संलग्नलाई पक्राउ नगर्न प्रहरीलाई गृहमन्त्रीको दबाब


काठमाडौं । जेजनी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीमा संलग्नलाई पक्राउ नगर्न गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीलाई दबाब दिएका छन् ।

गत भदौमा जेनजी आन्दोलनको क्रममा सिंहदरवार, सर्वोच्च अदालत लगायत सरकारी कार्यालय तोडफोड भए लगत्तै प्रहरीले सार्वजनिक सूचना जारी गरेर लुटपाट र तोडफोडमा संलग्नहरुको फोटो भिडियो पठाएर अनुसन्धानमा प्रहरीलाई सहयोग गर्न आग्रह गरेको थियो । सोही अनुसार अहिले आम सर्वसाधारणले तोडफोड र आगनमीमा संलग्नहरुको फोटो भिडियो प्रहरीलाई पठाएका छन् ।

भिडियोकै आधारमा प्रहरीले महाराजगञ्जमा प्रहरीको कुटीकुटी हत्या गर्ने दुई जनालाई पक्राउ गरेको छ । यस्ता घटनामा संलग्न अन्य व्यक्तिलाई पनि पक्राउ गर्ने तयारी गरिरहँदा गृहमन्त्री अर्यालले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई पक्राउ नगर्न दवाव दिएका छन् । ‘प्रहरीेल विध्वसात्मक गतिविधीमा संलग्नलाई कार्बाही गर्न थालेपछि यस्तो दबाब आयो ।’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो ।

आन्दोलनको क्रममा प्रहरीको हतियार गोली लुटिएका छन् भने विभिन्न जेलबाट फरार पाँच हजार बढी कैदी बन्दी अहिले पनि जेल बाहिर छन् ।

यही विषयमा गृह मन्त्रालयले विज्ञप्ति पनि जारी गर्दै जेनजी आन्दोलनको न्यायिक छानबिन आयोग बनेकाले त्यसको आधारमा मात्रै कारबाही गर्न भन्दै विज्ञप्ति जारी गरेको छ । 

अहिले टिकटकलगायत सामाजिक सञ्जालमा संसद भवन, सिंहदरबारलगायतका क्षेत्रमा हतियार लिएर नाँचिरहेको प्रदर्शनकारीको फोटो भिडियो छ्यापछ्याप्ती भेटिन्छ । आन्दोलनको आडमा विध्वंसात्मक गतिविधीमा संलग्न व्यक्तिलाई कार्बाहीको दायरामा ल्याउन समाजमा अराजकता निम्तिने खतरा रहेको प्रहरीको भनाई छ ।

अन्तरिम सरकारमा गृहमन्त्री बनेका अर्याल काठमाडौं महानगरपालिका बालेन शाहका सल्लाहकार हुन् । बालेनकै प्रतिनिधित्व गर्दै उनी सरकारमा सहभागी भएका छन् । कुनै बेला फेशबुकमा सिंहदरबार जलाईदिन्छु भनेर धम्कि दिने बालेनकै निर्देशन अनुसार गृहमन्त्रीले विध्वांसात्मक गतिविधीमा संलग्नलाई पक्राउ नगर्न आदेश दिएको भन्दै सामाजिक सञ्जालमा बालेनको समेत आलोचना सुरु भएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ