बुधबार, ०५ कात्तिक २०८२

गृहमन्त्रीले ममाथि ब्यक्तिगत दुश्मनी देखाइरहेका छन् : ओली


काठमाडाैं ।  नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री ओमप्रकाश आर्यालले आफूप्रति व्यक्तिगत दुस्मनी देखाएको आरोप लगाएका छन्। बुधबार बालकोटस्थित आफ्नो जलेको घर अवलोकन गर्न पुगेका उनले यस्तो बताएका हुन्। 

हिजो अनलाइनखबरमा दिएको अन्तवार्ताबाट पनि गृहमन्त्रीको आफूमाथि कस्तो मनोभाव छ भन्ने बुझिने समेत उल्लेख गरे। ‘यो तोडफोड, लुटपाटका पक्षमा उहाँहरुको मनोभाव देखिन्छ। र, जसलाई क्षति परेको छ तिनीहरुमाथि उहाँको देखिन्छ,’ ओलीले भने, ‘ममाथि व्यक्तिगत दुस्मनी देखिन्छ। मैले उहाँहरुको सिमाना पनि मिचिदिएको छैन। घर कहाँ हो पनि थाहा छैन मलाई।’

‘तर, दुस्मनी अत्यन्त चर्को देखिन्छ र मलाई गम्भीर आशंका छ सरकारमाथि,’ उनले थपे। 

सरकारले थप केही गर्ने गम्भीर आशंका आफूमा रहेको समेत ओलीको भनाइ छ। ‘सरकारले थप केही गर्ने योजना बनाइराखेको गम्भीर आशंका छ,’ उनको भनाइ छ, ‘सरकारले जनेजी भनिएकाहरुलाई बोलाए तिमीहरु हामीलाई थप दवाव देउ, अनि हामी फलानालाई कारबाही अगाडि बढाउँछौँ। गिरफ्तार गर्छौँ भनेर सिकाएर पठाउनुहुन्छ।’ 

ओली र गृहमन्त्री अर्यालबीच पानी बराबरकाे स्थिति छ । ओलीले सरकारकाे नियतकाे बारेमा प्रश्न उठाउदै कार्की आयाेग नमान्ने धम्कि दिएका छन् । त्यस्तै गृहमन्त्री अर्यालले ओली कानुन भन्दा माथी नरहेकाे प्रतिक्रिया दिएका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ