सोमबार, ०८ वैशाख २०८२

प्रधानमन्त्रीकाे नेतृत्वमा उच्चस्तरीय सुशासन आयाेग गठन


काठमाडौं । सरकारले उच्चस्तरीय सुशासन आयोग गठन गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा आयोग गठन गरेको एक मन्त्रीले जानकारी दिए ।

उक्त आयोग १५ सदस्यीय हुनेछ । आयोगमा अर्थमन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुनमन्त्री, लोकसेवा आयोग, नीति आयोग र योजना आयोगका सदस्य रहने बताइएको छ । निजी क्षेत्रबाट पनि केही सदस्य रहने छन् ।

संविधान संसाेधन र सुशासनका लागि भन्दै कांग्रेस र एमाले मिलेर सरकार बनाएकाे दावी सत्ताधारी दलले गरे पनि अहिलेसम्म सुशासन कायम हुन नसकेकाे भन्दै सत्ताबाहिर रहेका दलले सरकारकाे आलाेचना गर्दै आएका छन् । ओली नेतृत्वमा सरकार बनेकाे नाै महिना बित्दा अहिलेसम्म सरकारले मन्त्रीकाे सम्पत्ति सार्वजनिक गर्न सकेकाे छैन ।



टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ