शुक्रबार, ११ वैशाख २०८३

सुकुम्बासीलाई पुर्नवासकाे व्यवस्था गरेर अघि बढ्न हर्क साङपाङकाे सुझाव


काठमाडौं । श्रम संस्कृति पार्टीले सुकुमवासी बस्तीमा डाेजर लगाउने सरकारकाे तयारीप्रति आपत्ति जनाएकाे छ। याे शैली संविधान विपरित भन्दै यस्ता गतिविधी राेक्न माग गरेकाे छ ।

अध्यक्ष हर्क साम्पाङले विज्ञप्ति जारी गर्दै उचित क्षतिपूर्तिसहित पुनर्बास र व्यवस्थापन गरेर मात्र अघि बढ्न सरकारलाई सुझाव दिएका छन् ।

 ‘हाल सरकारले देशका विभिन्न स्थानहरुमा रहेका सुकुमवासी बस्तीहरुमा गरीब जनताका बासस्थान भत्काइरहेको घटना (संविधानको धारा ३७ को उपधारा १ को बर्खिलाप हुने गरीको घटना) प्रति खेद प्रकट गर्दै त्यस्ता गतिविधि अविलम्ब रोकी उचित क्षतिपूर्तिसहित उचित पुनर्बास र व्यवस्थापन गरेर मात्रै सरकार अघि बढोस् भन्ने सुझाव दिन्छौं ।’ जारी विज्ञप्तीमा उल्लेख छ ।

जनताको घर भत्काउनु, जनतालाई बेघर बनाउनु, लछारपछार गर्नु, गालीगलौज गर्नु संविधानकाे वर्खिलाप गर्नु उनकाे भनाई रहेकाे छ ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ