- असार ०६, २०८०
काठमाडौँ। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।
मेयर साम्पाङले ‘श्रम संस्कृति पार्टी’ नामक दल दर्ताका लागि यही असोज ७ गते नै आयोगमा निवदेन दिएकाे बताइएकाे छ।
आयोग स्रोतका अनुसार आफैँ अध्यक्ष रहने गरी दल दर्ताका लागि उनले निवेदन दिएका हुन्।
उक्त निवेदन अध्ययनकै क्रममा रहेको र दसैँ बिदापछि दर्ता प्रक्रिया अघि बढाइने आयोग स्रोतले जनाएकाे छ।
टिप्पणीहरू: