शनिबार, ३० चैत २०८१

हामी तुरुन्तै प्रधानमन्त्री-मन्त्री बन्न हाेइन, देशलाई निकास दिन आएका हौँ: सीके राउत


काठमाडाैँ। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफूहरु तुरुन्तै प्रधानमन्त्री, मन्त्री बन्नका लागि राजनीतिमा नआएकाे बताएका छन्।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को आइतबारदेखि सुरु भएकाे प्रथम राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले विचार स्थापित गरेर देशलाई निकास दिनका लागि आफूहरु राजनीतिमा  आएका बताएका हुन्। 

‘हामी तुरुन्तै प्रधानमन्त्री बन्न, मन्त्री बन्नका लागि आएका होइनाैँ, हामीले न विचार स्थापित गरेर देशलाई निकास दिनका लागि आएका हौँ । र त्यसमा समय लाग्छ। त्यो यत्तिकै रातारात हुने कुरा होइन, जतिसुकै छटपटाए पनि रातारात हुने कुरा हाेइन। याे कुरा हामी नेतृत्व गर्न र कार्यकर्ताले पनि बुझ्नुपर्छ। पुराना पार्टीहरुबाट पनि सिक्नुपर्छ’, उनले भने। 

निर्वाचित भएको दुई/तीन महिनामै जनता र जनताले कायापलटको अपेक्षा गर्ने गरेकाे भन्दै उनले नयाँ शक्तिमा धैर्यता आवश्यक भएकाे बताए। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ